६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

एमाले र रास्वपाका सांसदको विरोधपछि संसद बैठक स्थगित

१३ असार, काठमाडौं । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण संसद स्थगित भएको छ । यसअघि हिजोको संसद बैठकमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबारे अर्थमन्त्रीले संसदमा जनाएको प्रतिवद्धता कार्यान्वयन हुने स्थिति नदेखिएको भन्दै एमाले र रास्वपाले आज पनि बैठक अवरुद्ध गरेका हुन् ।

‘संसदमा एमाले सचेतक पदम गिरीले भने ‘ हिजो मात्र छलफलको क्रममा निर्वाचनआयोगका कार्यलयहरु प्रत्येक जिल्लाबाट हटाउने र जिल्ला प्रशासा कार्यलय अन्तर्गत एउटा ईकाइको रुपमा राख्ने भनेर आएको थियो । त्यसको विरोध गर्यौं । पछि त्यो सबैको सहमती बन्न पुग्यो। र स्वयं अर्थमन्त्रीज्यूले सदनबाट आस्वस्त पार्नु भयो ।’ उनले भने ‘यो भुलबस यस्तो हुन गएको हो । यस्तो कुनै हालतमा कार्यलयहरु त्यहाँबाट खारेज हुने छैन यथावत रुपमा रहने छ भनेर भन्नु भयो तर आज यो विनीयोजन विद्येक पारित हुने भएको छ । ती कुरा जो हिजो अर्थमन्त्रीज्युले स्विकार गर्नु भएको थियो त्यो यहाँ कुनै कुरा आएन् । त्यसलाई यो विनीयोजन विधेयक भित्र समेटीयोस ।’

त्यसलगत्तै एमाले र रास्वपाका सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १४:५६