६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

देशमै रासायनीक मल उत्पादन गर्ने प्रक्रिया सुरु भएको छः प्रधानमन्त्री

१३ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमै रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरेको जानकारी दिएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै उनले देशमै रासायनीक मल उत्पादनका लागि कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरीसकेको र उक्त विषयमा भारत भ्रमणमा पनि गम्भिर ढंगले कुरा उठेको बताएका हुन् ।

उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि समयमा नै रसायनीक मल व्यवस्था गर्न ३० अर्ब रकम विनियोजन गरिसकेको छ । देशमै मल कारखाना खोल्न लगानी वोर्डले अध्ययन सुरु गरीसकेको छ । भर्खरैको भारत भ्रमणमा पनि यो विषय गम्भिर ढंगले उठेको छ ।’

उनले लामो समयदेखिको समस्या समाधानका लागि सरकारले सक्दो प्रयास गरिरहेको भन्दै अहिले पनि पूर्ण रुपमा समस्या समाधान गर्न नसकिएको स्विकार गरे । ‘पछिल्लो निकै वर्षदेखी किसानले कहिल्यै समयमा मल पाएनन् मलको हाहाकार हरेक वर्ष समाचारका स्थायी शीर्षक बन्दै आए तर परिस्थिति बद्लिएन । विश्वासको मत लिदै मैले प्रतिवदता जनाएको थिए अब त्यस्तो हाहाकार हुने छैन् ।’ उनले भने

‘यद्यपी समस्याको समाधान अझै भएको छैन् । तर मैले गरेको प्रतिवद्धता भने यस आर्थीक वर्षमा ७८ हजार मेट्रीक टन रासायनीक मलको आपूर्ति सुनिश्चीत भएको छ । ’ अहिले एक लाख ९५ हजार ९ सय मेट्रक टन रासायनीक मल आयात भई एक लाख ४५ हजार ९ सय मेट्रक टन मल अनुदानमा वितरण गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १३:४२