६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरुले सदनमा स्पष्टिकरण दिनु पर्छः सांसद सुवाल

१३ असार, काठमाडौं । सांसद प्रेम सुवालले, बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्व प्रधानमन्त्रीले संसदमा स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।

बुधबार बसेको प्रतिनीधि सभाको बैठकमा समय लिएर बोल्दै उनले गिरोहले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा नाम जोडिएका पूर्व प्रधानमन्त्रीहरु संसदको सदस्य भएकोले उनीहरुले सदनलाई स्पष्टिकरण दिनुपर्ने बताएका हुन् ।

उनले भने ‘गिरोहले ४९ साल देखि ६७ साल सम्ममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी बेचविखन गरेको यसमा पुर्व प्रधानमन्त्री उपप्रधानमन्त्री र मन्त्रहिरु समेत संलग्न भएको सार्वजनिक भयो । यस विषयमा संसदले, संसद सदस्य समेत भएका पुर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्टीकरण दिन लगाउन जरुरी छ ।’

उनले हिजो बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुमाथि गम्भिर छानविनको माग समेत गरे । ‘बालुवाटार स्थित ललिता निवास जग्गा १ सय ४३ रोपनी ६ आना अर्थात १३ अर्व ७६ करोड बराबरको हिनामीनामा संलग्न रहेको आरोपमा हिजो पुर्व अधिकारीसहित केही मानिस पक्राउ गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार १२:०१