नेकपाको सचिवालय बैठक अाज, एकता प्रक्रिया टुंग्याउने तयारी
८ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबार अन्तिम समयमा स्थगित भएको सचिवालय बैठक अाज बिहान ११ बजे बस्दैछ । अाजको बैठकमा पार्टीको तल्लो निकायसम्मको एकता प्रक्रियालाई टुङ्गो लगाउनेगरी छलफल र निर्णय हुने बुझिएको छ ।
प्रदेश, जिल्ला तथा अन्य कमिटीहरूको एकता प्रक्रियाका विषयमा छलफल गर्ने तयारी बैठकमा गरिएकाले त्यसको अन्तिम गृहकार्य भइरहेकाले बैठक अाजका लागि सारिएको बताइएको छ ।
यसअघिको सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज तथा जिल्ला नेतृत्वका बारेमा निर्णय गरेको भए पनि बाँकी भ्रातृ सङ्गठनको एकता प्रक्रियाका विषयमा टुङ्गो लगाउन सकेको छैन । पार्टीका तल्लो तहको एकता प्रक्रियाको गृहकार्य अन्तिमचरणमा पुगेकोले एकदिनका लागि बैठक सारिएको नेताहरूलेब ताएका छन ।
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार ०८:४३