१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

शिक्षा मन्त्रीलाई सांसदको प्रश्नः शिक्षाका लागि विदेशिने क्रम रोक्न ठोस योजना के छ ?

१२ असार, काठमाडौं । प्रतिनिधिसभा सदस्यले, उच्च शिक्षाको नाममा नेपाली युवाले देश छोड्ने क्रम रोक्ने ठोस योजना मागेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईसंग सांसद प्रतिक्षा तिवारीले शिक्षा क्षेत्रमा न्यून बजेट छुट्याइएको भन्दै असन्तुष्टि पोखिन् ।

उनले भनिन् ‘मानव सुचाङकमा पछि परेको मधेश प्रदेशमा शिक्षामा बजेट कम छ । थप हुन्छ की हुँदैन ? स्वदेशमा प्रविधिमैत्री रोजगारमुलक गुणस्तरीय शिक्षा कहिलेबाट लागु हुन्छ ? गुणस्तरीय शिक्षाको खोजि गर्दै नेपाली विद्यार्थीहरु लाखौं खर्च गरेर विदेश जानु परेको छ यसको अन्त्य कहिले हुन्छ ? विद्यालयहरुमा हुने गरेको वेथिति कहिले अन्त्य हुन्छ ?

त्यस्तै सांसद ज्वाला कुमारी साहले विदेशिने नेपाली विद्यार्थिलाई नेपाल मै रोक्ने योजना माग गरिन् । उनले भनिन् ‘नेपाल भरिमा लगभग ६७ अर्ब बोकेर विद्यार्थिहरुले विदेश गईरहेका छन् । पढ्नको लागि यसको रोकथामको लागि मन्त्री ज्युले के कस्तो तयारी गर्दै हुनुहुन्छ ?’

सांसद सुमना श्रेष्ठले नेपालमा आवश्यक प्राविधिक जनशक्ति उत्पादनका लागि आवश्यक योजनाबारे ध्यानाकर्षण गराइन् । उनले भनिन् ‘मन्त्री ज्यूले भन्नु भयो प्राविधिक शक्ति नभएको कारणले गर्दा धेरै वटा दरबन्दी पुरा गर्न सकिएन अरु मन्त्रालयहरुमा पनि एउटा जनशक्ति चाहिन्छ । त्यसको लागि ठोस योजना के छ ? नेपाललाई चाहिले प्राविधिक जनशक्ति उत्पादन गर्ने योजना के छ ?जुनसुकै शैक्षिक क्षेत्रमा तालाबन्दी हुन नदिन तपाईको योजना के छ ?

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १७:०७