१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनकाे कति ?

१२ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

१) माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड

नेप्सेमा कम्पनीकाे १४.२५ प्रतिशत बोनस बापतको ४ लाख २ हजार ९१ कित्ता बाेनस सेयर सूचिकृत भएको हो ।

२) समता घरेलु लघुवित्त

नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस बापतको ५ लाख १४ हजार १ सय १६ कित्ता सेयर सूचिकृत भएको हो ।

सूचीकृतपश्चात् यी दुबै कम्पनीको सेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १६:११