२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

सरकार निष्पक्ष निर्वाचन विरुद्धमा लागेको छः पदम गिरी

१२ असार, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार पक्षधरहरु निष्पक्ष निर्वाचनको विरुद्धमा लागेको आरोप लगाएका छन् ।

मंगलबार प्रतितिधि सभा बैठकमा प्रमुख सचेतक गिरीले, गठबन्धन सरकार जनमतबाट त्रसित भएर निष्पक्ष निर्वाचनलाई विथोल्न नियतबस लागेको उनको आरोप छ ।

जनताबाट सरकारले विस्वास गुमाउँदै गएपछि आगामी निर्वाचनलाई विथोल्ने र निष्पक्ष हुन नदिने नियतले जिल्ला निर्वाचन कार्यालय खारेज गरी इकाइको रुपमा राख्ने प्रस्ताव ल्याएको उनको आरोप छ ।

उनले भने, ‘सरकारले नबुझि र नसोचि यो ल्याएको हैन् । सरकार यो राज्यमा निष्पक्ष निर्वाचनको विपक्षमा छ ।नियोजित ढंगले आउने निर्वाचनहरुलाई प्रभावित पार्ने उद्देश्य यसभित्रअन्तरनिहीत छ ।’

निपष्क्ष निर्वाचन गराउने कार्यालयलाई खारेज गराउँने र जिल्ला प्रशासन कार्यालयको इकाईको रुपमा स्थापना गर्ने काम नियोजित ढंगले भएको भन्दै उक्त विषयमा गिरीले प्रधानमन्त्रीको जवाफ माग गरे ।

उनले भने, ‘सरकारका पक्षधरहरु जनतामा आफ्नो विस्वास गुमिसकेपछि स्वतन्त्र र निपक्ष निर्वाचनलाई जसरी भए पनि प्रभावित पार्नुपर्छ निष्पक्ष हुन दिनु हुँदैन भनेर लागेको छ । अर्थमन्त्रीले मात्र नभएर स्वयं प्रधानमन्त्रीले पनि सदनमा आएर यो विषयमा जवाफ दिनुपर्छ ।’

उनले एमाले र अन्य प्रतिपक्ष दलले समेत सरकारको निणर्य गलत भएको बारम्बार ध्यानाकर्षण गराउँदा पनि सरकारले वेवास्ता गरेको आरोप लगाए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १३:०७