१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

दोहोरो अंकले बढ्यो नेप्सेः ५ अर्ब ३१ करोडकाे काराेबार, आठ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

११ असार, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६९ अकंले बढेर २१२९.४२ बिन्दुमा बन्द भएको छ । आज २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

आज आठ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।  आज हिमालयन लाइफ, बिपिडब्लु लघुवित्त, सिटी होटल, सिभिल लघुवित्त लगायत अन्य केही कम्पनीहरुको सेयर मूल्यमा उच्च वृद्धि भएको हाे । आज सबैभन्दा बढी सुपर मादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १५:२२