निगममा कर्मचारी थप्न दवाव दिइएको छैन्ः मन्त्री किराती
११ असार, काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगममा कर्मचरी थप्न दवाव नदिएको जिकिर गरेका छन् ।
सोमबार प्रतिनीधि सभामा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै उनले निगमको हितका लागि आफू प्रयासरत रहेको भन्दै निगमलाई घाटा पुग्ने कुनै काम नगरेको दाबी गरे । ‘नेपाल वायुसेवा निगममा कर्मचारी थप गर्ने कुनै दवाव दिईएको छैन ।’
उनले भने ‘नेपाल बायुसेवा निगमको वित्तिय अवस्थाका सम्बन्धमा आर्थिक २०७८—७९ को नगद प्रवाह ३ अर्व ५९ करोड रहेको छ । २०७९ चैत मसान्त सम्ममा कर्मचारी संचय कोष र नागरिक लागानी कोषको गरी २ अर्व ९४ करोड ऋण रकम भुत्तानी गरिएको छ । १ अर्व ऋण तिर्ने तयारिमा निगम रहेको छ । ऋण भुत्तानी पक्षि पनि हाल निगम संग १ अर्व ६५ करोड नगद रकम रहेको छ ।’
उनले निगमले ४८ अर्ब ऋण तिर्न बाँकी रहेको उनले जानकारी दिए । ‘निगमको हालसम्मको तिर्न बाँकी ऋण ४८ अर्व छ । व्याजदरको पून संरचना गर्नुपर्छ । ’उनले भने ।
प्रकाशित मिति : ११ असार २०८०, सोमबार १४:४७