२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एमालेको कार्यबाहक महासचिवमा प्रदीप ज्ञवाली

११ असार, काठमाडाैँ । नेकपा एमालेको कार्यबाहक महासचिवमा पहिलो वरियताका उपमहासचिव प्रदीप ज्ञवाली तोकिएका छन । एमाले महासचिव शंकर पोखरेले अमेरिका उड्नु अघि ज्ञवालीलाई कार्यबाहकको जिम्मेवारी तोकेका हुन । महासचिव पोखरेल जेठ ३२ गते पत्नी सुजिता शाक्यसहित अमेरिका उडेका थिए ।

प्रवासी नेपाली मञ्च अमेरिकाको राष्ट्रिय कमिटीको अधिवेशनका लागि महासचिव अमेरिका गएका हुन । यद्यपी उनको भ्रमण करिब तीन साता भन्दा लामो हुनसक्ने भएकाले ज्ञवालीलाई कार्यबाहक महासचिवको जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार १२:०८