१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

मान्छे दुब्लो बनाउने दिलजानको क्लिनिक बन्द, मापदण्ड नपुगेको महानगरको भनाइ

१० असार, काठमाडाैँ । मान्छे दुब्लो बनाउने अभियान चलाइरहेको काठमाडौं महानगरपालिकाको मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक बन्द भएको छ । काठमाडाैँ महानगरपालिकाले मापदण्ड पूरा नगरेको भन्दै डा दिलजान मन्सुर कर्टले सञ्चालन गरेको क्लिनिकमा ताला लगाएको हो । क्लिनिक मापदण्ड विपरित रहेको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए ।

आइतबार दिउँसो क्लिनिक सिल गरेको उनले बताए । खानपानमा सुधार गरेर मानिसको शरिर स्वस्थ बनाउने भन्दै दिलजानले क्लिनिकसहित कफी सफ र रेष्टुरेन्ट सञ्चालन गर्दै अाएका थिए । चीनमा पढेका उनले खानपानको तरिका सिकाउँदा धेरैले उत्साजनक रूपमा सहभागिता जनाएर स्वाथ्यलाभ पनि गरेका थिए । कतिपयमा भने उनको सिद्धान्तले काम गरेको थिएन ।

डा मन्सुरले पनि क्लिनिक दर्ता गरेको नभइ निवेदनमात्र दर्ता भएको पुष्टि गरेका छन । उनले अाफ्नो निवेदन २०७८ कार्तिक २५ गते दर्ता भएको र त्यसको नम्बर ११७ रहेको जानकारी दिएका छन । उनले महानगरपालिकाले ताल्चा लगाएको जानकारी दिँदै बिरामीहरूमा पर्ने असुबिधाका लागि क्षमा मागेका छन ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार २०:०९