१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

राष्ट्रियसभा बैठक आज, गणेश तिमल्सिनालाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिने

३० फागुन, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएको औपचारिक घोषणा गरिनेछ ।

अध्यक्ष पदका लागि सोमबार भएको मनोनयन दर्तामा तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा नेकपा एमालेका २७, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १२, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई–दुई जना र राष्ट्रपतिबाट मनोनित तीन जना सदस्य छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ०८:१३