६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

जलहरी प्रकरणकाे अध्ययन गर्न अख्तियारको टोली पशुपतिमा

१० असार, काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरी प्रकरणको स्थलगत अनुगमनका लागि पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

पशुपति मन्दिरभित्र ज्योतिर्लिङ्गमा राखिएको जलहरी अनुगमनमा अख्तियारको टोली पुगेसँगै पशुपति मन्दिर परिसर खाली गराईएको हो ।अहिलो आयोगको टोलीले जलहरीको स्थलगत जाँच तथा अनुसन्धान गर्न गरिरहेको छ ।

अख्तियारको टोली अनुगमनमा जाने भएपपछि पशुपति विकास कोषले मन्दिर क्षेत्र खाली गराएको थियो । पशुपति मन्दिरमा जलहरी राख्दा ११ किलो सुन अनियमितता भएको उजुरी परेसँगै अख्तियारले छानविन थालेको हो । आयोगको टोलीसंगै मन्दिरमा नेपाली सेनाको टुकडीसमेत पुगेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १६:३५