१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

सेयर बजारमा उछालः साढे ६ अर्बकाे काराेबार, सात कम्पनीको सेयरमा सकरात्मक सर्किट

१० असार, काठमाडाैं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले बढेर बन्द छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २११७.७३ बिन्दुमा पुगेको छ ।  आज ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार शेयर बजारमा हरियाली छाएसँगै सात कम्पनीको सेयरमा सर्किट लागेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ, एनएमबि डिभेन्चर, सामलिङ पावर कम्पनी, बिपिडब्लु लघुवित्त लगायत अन्य कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सबैभन्दा बढी शुभम् पावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १५:३०