२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

राष्ट्रपति र उपराष्ट्रपति खोपाको देउता जस्तो बस्न मिल्दैनः सांसद सुवाल

१० असार, काठमाडौं । सांसद प्रेम सुवालले राष्ट्रपति र उपराष्ट्रपतिले खोपाको मुर्ति जस्तो मौन बस्न नमिल्ने बताएका छन् । आज आईतवार प्रतिनिधि सभामा उनले राष्ट्रपति र उपराष्ट्रपति चुप लागेर बस्न नमिल्ने भन्दै उनीहरु आफ्नो भूमिका विर्सिएर बसेको आरोप लगाए ।

उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रिपति खोपाको मुर्ति हैन । राष्ट्रपति र उपराष्ट्रपतिले राष्ट्रिय र अन्तराष्ट्रिय विषयमा सरकारका प्रधानमन्त्रि र मन्त्रिहरुलाई समेत सहभागी गराई राजनैतिक दलहरुसंग बराबर छलफल गर्न जरुरी छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भईसकेपछि नाक मुख नै नदेखिने । यही संसदमा राष्ट्रपति एक पटक आउनु हुन्छ त्यसपछि नाक मुख देख्नै गारो त्यसरी जनताको प्रतिनिधि हुदैन ।’

उनले राष्ट्रपति र उपराष्ट्रपतिले भारतले संसद भवनमा राखेको अखण्ड भारतको नक्साबारे केही नेबोलेको र सरकारी कार्यालयलाई कार्यकर्ताको भेटघाटको थलो बनाएको भन्दै आक्रोश पोखे ।

‘राष्ट्रपति र उपराष्ट्रपतिले नेपालको लुम्विनी र कपिलवस्तु समेत गाभिएको अखण्ड भारतको नक्सा खारेज गराउन भारत सरकारलाई भन्नुपर्छ । देशको सार्वभौमिकतामाथि अस्तक्षप भयो सरकार भनेर भन्नुपर्छ । संसदलाई छलेर सरकारबाट पेस भएको नागरिकता विधेयक तथा अन्य प्रस्तावहरुलाई ठाडै अस्विकार गर्न सक्नुपर्छ ।’उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफुलाई उम्मेद्वार बनाउने पार्टीका नेताहरुको भनाईमा लागेर सरकारी कार्यालय र निवासलाई कार्यकर्ता भेटघाट गर्ने थलो बनाउन मिल्दैन ।’ जनताको राजस्व खाएर बसेकोले जनता र देशको हितमा काम गर्नुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १२:५९