२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

लाभांश पारित गर्न नागरिक लगानी कोषले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?

१० असार, काठमाडाैं ।  नागरिक लगानी कोषले आफ्नो २८ औं वार्षिक साधारण सभा बोलाएको छ । कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले असार ३१ गते अपरान्ह ३ बजे केन्द्रिय कार्यालय बानेश्वरमा सभा बोलाएको हो ।

कोषको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोगजनको लागि १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कोषको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभामा १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनका लागि कोषले असार १९ गते बुक क्लोज गर्ने भएको छ । यसकाे अर्थ असार १८ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा सहभागि हुन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित मिति : 11:26