१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक कम्पनीकाे २० प्रतिशत बोनस सेयर सेयरधनीकाे खातामा जम्मा, तपाईंको आयो त ?

१० असार, काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । लघुवित्तको चैत २८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाले पारित गरेको २० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् सेयरधनीहरुको हितग्राही खातामा जम्मा  गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस जम्मा गरेको लघुवित्तले जनाएकाे छ । साथै,हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन कम्पनीले आग्रह  गरेको छ ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १०:५०