२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

देशमै रोजगारीको व्यवस्था गर्न कुनै नेताको ध्यान गएनः नेता रिजाल

९ असार, काठमाडौं । नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले देशमा रोजगारी श्रृजना गर्नेतर्फ कसैको ध्यान नगएको स्वीकार गरेका छन् ।

बिहीवार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले गरेको ‘शहिद गंगालाल र परिवर्तनमा युवा’ विषयक अन्र्तक्रिया कार्यक्रममा रिजालले विप्रेषणले देश धानेको भन्दै रोजगारी श्रृजना गर्नतर्फ कुनै नेताको ध्यान नगएको बताए ।

विप्रेषणबाट प्राप्त २५ प्रतिशत जति कर राजस्वलाई रोजगारीको क्षेत्रमा लगाउन सक्नु पर्ने बताए । उनले भने ‘त्यसको मागलाई हामीले देशभित्र उत्पादन गर्ने बाटोमा जान सक्यौ भने हामीले अथाह रोजगारी सृजना गर्न सक्छौं । आजको दिनमा त्यतातर्फ ध्यान गएको छैन् म त्यसलाई स्वीकार गर्छु ।’

उनले रोजगारी श्रृजना भएन भनेर आफूभन्दा माथिका नेतालाई गाली गरेर नबस्ने भन्दै देशमा अहिल्यै पाँच, सात लाख रोजगारी श्रृजना गर्ने अवस्था नरहेको र कसैले गर्न नसक्ने स्पष्ट पारे ।

त्यस्तै, उनले शिक्षाको लागि मात्रै ६५ अरब बढी रकम बाहिरिएको प्रति चिन्ता व्यक्त गर्दै नेपाली शैक्षीक क्षेत्रको सुधारका लागि इमान्दार बहस आवश्यक रहेको धारणा राखे ।

‘एक सालमा पढ्न जाने विद्यार्थीले विदेशी मुद्रा सटहिका लागि लिएको सुविधा ६५ अरब बढी छ । नेपालमा सार्वजनिक शिक्षाको गुणस्तर निकै तल छ । त्यसलाई छिटो उकास्न पर्ने छ, जसका लागि निकै ठूलो मेहनत आवश्यक छ । शिक्षाको लागि बाहिर जाने बाध्यतालाई कम गर्न सकेनौ भने, कठिन हुन्छ । योबारे इमान्दार बहस जरुरी छ ।’

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १७:०४