मन्त्रीको सेटिङमा चल्न नमानेपछि फोरमले सम्हालेका दुबै मन्त्रालयका सचिव जगेडामा
७ कात्तिक, काठमाडाैँ । मन्त्रीको सेटिङमा चल्न नमानेपछि संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएर जिम्मेवारीबिहीन भएका छन । स्वास्थ्य मन्त्रालयकी सचिव डा.पुष्पा चौधरी र शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जिम्मेवारीबिहीन बनाइएको हो ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई प्रधानमन्त्री कार्यालय तानेर जिम्मेवारीबिहीन बनाइएको हो । मन्त्रिपरिषद बैठक नबसी उनीहरुलाई कारवाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको हो ।
दुर्इ सचिवलार्इ तानिएपछि चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२ औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई सचिवको जिम्मेवारी दिइएको छ भने शहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । प्रधानमन्त्री कार्यालयमा तानिएका शर्मा र चौधरीलाई भने कुनै जिम्मेवारी दिइएको छैन ।
प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १६:२२