१२ चैत्र २०८२, बिहीबार | Thu Mar 26 2026

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

९ असार, काठमाडौं । नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरका लागि अन्तिम सम्झौता भएको छ।दुवै लघुवित्तबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। यो मर्जरलाई राष्ट्र बैंकले गत पुस ७ गते सैद्धान्तिक सहमति प्रदान गरेको थियो। दुवै लघुवित्तको असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो।

दुवै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन सिफारिसबमोजिम १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन्। यसको अर्थ नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १५:०९