१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

कांग्रेस सांसदहरुको अभिमुखीरकण आज, संसदीय परिपाटीबारे जानकारी गराइने

३० फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ ।

कांग्रेसले आव बिहान ११ बजे पार्टी कार्यालय सानेपा सांसदहरुका लागि कार्यक्रम राखेको छ । केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले केही सांसदहरु नयाँ भएकाले संसदमा प्रस्तुत हुने शैली सिकाउन लागिएको जानकारी दिए ।

कार्यक्रममा पार्टीका नेता र कांग्रेस निकट विज्ञहरूले सांसदलाई संसदीय परिपाटीका विषयमा जानकारी दिनेछन । कांग्रेसको प्रतिनिधिसभामा ६३, राष्ट्रिय सभामा १३ र प्रदेश सभामा १ सय १३ गरी कुल १ सय ८९ सांसद रहेका छन ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ०८:०७