१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाको अाजका लागि बोलाइएको सचिवालय बैठक बिहीबार बस्नेगरी सर्यो

७ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अाज बस्ने भनिएको सचिवालय बैठक अन्तिम समयमा स्थगित भएको छ । पार्टीका प्रदेश कमिटीहरु गठन तथा अन्य कमिटी एकीकरणको मापदण्ड बनाउने र यही कार्तिकाको १२ र १३ गतेका लागि बोलाइएको स्थायी कमिटीको एजेण्डा तय गर्ने बैठक अाजका लागि स्थागित भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक ३ बजेपछि स्थगित गरिएको हो । बैठक बिहीबारका लागि बोलाइएको छ । नेताहरुको व्यवस्ताका कारण बैठक स्थगित भएको बुझिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १५:४१