८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कृषि विकास बैंकले ल्यायो बम्पर प्याकेज, असारभित्रै ब्याज भुक्तानी गर्दा पाइन्छ ७ प्रतिशत छुट

८ असार, काठमाडाैं । आफ्ना ऋणीहरुका लागि कृषि विकास बैंकले बम्पर छुटकाे घोषणा गरेको छ । बैंकले असार महिना भित्र ब्याज भुक्तानी गर्दा ७ प्रतिशत छुट दिने भएको छ ।  बैंकबाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरूले असार मसान्तसम्म ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको ब्याज रकममा ७ प्रतिशत छुट दिने जनाएकाे छ ।

राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै बैंकले असार १ गतेदेखि असार ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा छुट दिने जनाएको छ । थप जानकारीका लागि आफुले कारोबार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १५:५५