जागिरकाे खाेजिमा हुनुहुन्छ ? राष्ट्रिय वाणिज्य बैंकले माग्याे ४६५ कर्मचारी
८ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। बैंकले ४६५ जनाका कर्मचारी माग गरेकाे हाे । याे मध्ये खुला २२१, महिला ७६, आदिबासी जनजाति ५९, मधेशी ४७, दलित २८ जना, अपांगता भएका १५ जना र पिछडिएको क्षेत्रका १९ जना कर्मचारी माग गरेकाे हाे । आवेदन दिनका लागि न्यूनतम स्नातकदेखि स्नातकोत्तरसम्म अध्ययन गरेको हुनुपर्ने छ ।
बैंकले विभिन्न पदमा सबै प्रदेशमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्ने भएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि अनलाइन आवेदन दिन सक्नेछन्। दरखास्त पेस गर्ने अन्तिम मिति असार ३० गतेसम्म तोकिएको छ। आवेदन दिँदा लाग्ने शुल्क पनि अनलाइनबाट नै भुक्तानी गर्नुपर्ने छ । चौथो र पाँचौ तहका लागि आवेदन दिन ५०० र ६ देखि ९ तहसम्मका लागि ७०० रुपैयाँ लाग्ने छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार १२:५३












