नेपाल रिपब्लिक मिडियाको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने भाग्यमानी कति ?
८ असार, काठमाडाैं । नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ असार ११ गते (सोमबार) बाँडफाँड गरिने भएको छ। कम्पनीले जेठ २६ गते जेठ ३० गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेकाे आईपीओ साेमबार बाँडफाँड गर्ने तयारी गरिएको विक्री प्रबन्धक मेगा क्यापिटले जनाएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन निष्काशन गरेको हो ।यी मध्य ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो ।
कम्पनीले कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो ।कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँड नभएको ९३ हजार ९६१ कित्ता सेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
सीडीएससीका अनुसार कम्पनीकाे आईपीओ अन्तिम दिनसम्म १२ लाख ८२ हजार ६३६ जनाआवेदकबाट कुल १ करोड ३९ लाख २३ हजार ३८० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.८५ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेकै कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ३ लाख ६१ हजार ९८९ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै आवेदकमध्ये १ जनाले थप १ एक सेयर पाउनेछन्।
प्रकाशित मिति : 10:10









