६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

गोरखामा जन्ती बोकेको जिप दुर्घटनाः पाँच जनाको मृत्यु, बाह्र घाइते

८ असार, काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ,भने १२ जना घाइते भएका छन् । शुक्रवार बिहान शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ सिलिङकोट बेहुलीको घरबाट दुलही बोकेर फर्किदै गरेको जिप शहीद लखन ३ पात्ले खोलामा दुर्घटना हुँदा पाँच जनाको घटना स्थलमै मृत्यु भएको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

‘जिपमा सवार १९ जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइतेको आबुखैरेनी हस्पिटल र गम्भीर घाईते भएका सहिद लखन गाउँपालिका ५ का ३८ वर्षीय लालु थापालाई थप उपचारको लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।’

 शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

घाईते हुनेहरुमा, गोरखा शहिद लखनगा.पा. ५ बस्ने ३८ वर्षीय लालु थापा, २१बर्षीय सुरज राना, ६०बर्षीयनर बहादुर थापा, २५वर्षीय जिप चालक दोष बहादुर थापा, ३० वर्षीय होमबहादुर राना,१३ वर्षकी सन्दिपा राना,१८ बर्षीय सुरज थापा, ३० बर्षीय कुलबहादुर राना, ३७ बर्षीय चन्द्र थापा, २० बर्षकी लक्ष्मी थापा,१४ वर्षकी मनिका राना र बर्ष १३ वर्षीय प्रतिक राना रहेका छन् । घाइते सबैको उपचार भैरहेको छ ।

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । घट्ना लगत्तै डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ०९:३३