५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ईसेवाले पनि सुरु गर्यो एटीएम सेवा

७ असार, काठमाडौं । ईसेवामा भएको रकम अब सिधै एटीएमबाट निकाल्न सकिने भएको छ। बुधवारदेखि ईसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो । यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् ।

कम्पनीका अनुसार एटीएमबाट ईसेवामा भएको पैसा निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुपर्ने छैन । प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ओटीपीमार्फत सहजै नगद झिक्न सक्ने व्यवस्था मिलाईएको इसेवाले जनाएको छ ।
यसअघि ईसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १८:२८