६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश

७ असार, काठमाडौं । सर्वोच्च अदालतले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले चलाउनेमाथि कुटपिट गर्नेविरूद्धको मुद्दा फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हाे ।

सर्वोच्च अदालतले मुद्दा फिर्ता लिनुको कारण पेश गर्न पनि सरकारलाई अदालतले आदेश दिएको छ । सरकारले मुद्दा फिर्ता लिने निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्च अदालत गएका थिए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १६:३७