१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

गुणस्तरीय विद्युत वितरणमा ध्यान दिन प्राधिकरणलाई सांसद विष्टको सुझाव

७ असार, काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले, आम नागरिकलाई गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आग्रह गरेका छन् ।
बिहिवार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले विद्युत व्यवस्थापन गरेर जनतालाई गुणस्तरीय विजुली प्रदान गर्न सक्नु पर्ने बताए ।

‘मेरो सुझाव तपाईलाई यस्तो चिजलाई सकेसम्म कुनै गुनासो नआउने गरी मापदण्डमा आधारित रहेर विनीयोजनमा ध्यान दिनुपर्छ । साथिको नाताले यो सुझाव दिँए ।’ उनले भने ‘विद्यूतिकरण अगाडी बढाउने गरी सरकारले सांसदले के सहयोग गर्नुपर्छ हामी तयार छौं । समुदायले यसलाई मर्मत विस्तार गर्ने गुणस्तरीय विजुली जनतालाई उपलव्ध गराउने गरी सम्भावना म देख्दीन र यसतर्फ हामीले कार्यन्वन गर्न तर्फ लाग्नु पर्छ ।’

गुणस्तरीय विजुली जनतालाई प्रदान गर्ने कुरामा सरकारलाई सहयोग गर्न सांसदहरु तयार रहेको उनको भनाई छ । उनले समुदायले मर्मत विस्तार गर्ने गुणस्तरीय विजुली जनतालाई उपलव्ध गराउने सम्भावना नभएको भन्दै आफूहरुले नै यो कार्यको थालनी गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १६:१७