२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

मल आयात संघीय र स्थानीय सरकारको साझा विषय होः मन्त्री भुषाल

७ असार, काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री वेदुराम भुषालले मलको आयात र वितरणलाई अति आवश्यक विषयको रुपमा सम्बोधन गरिनु पर्ने बताएका छन् ।

प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले किसानहरुको लागि मल अति आवश्यक भएको भन्दै यसलाई प्राथमिकताको विषय बनाउन सरकार र स्थानीय निकायले जिम्मेवारीपूर्वक काम गर्नु पर्ने बताए ।

उनले भने, कृषि ऐन नै छैन्, कृषि ऐनको प्रारम्भिक मस्यौदाको विषयमा छलफल चल्दै छ, हामीले अहिले भनेका कुरा मल अति आवश्यक कुरा हो, त्यसैले यो मलको आयात र वितरणलाई अति आवश्यकमा राख्नु पर्छ । यसमा स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्छ । तीन तहको सरकार, संघीयताको सरकारमा जाने अनि जिम्मेवारी त सबै सरकारले लिनु पर्छ ।

उनले कृषि क्षेत्रमा अनुसन्धानको कमि भएको भन्दै यस क्षेत्रको विकासको लागिनयाँ प्रविधिको विकास र अनुसन्धान आवश्यक भएको बताए ।
मल कारखाना खोल्ने विषयमा मूल्य र कच्चा प्रदार्थको अभावका कारण निष्कर्षमा पुग्न नसकिएको उनको भनाई छ ।

उनले भने, ‘मल कारखाना खोल्ने विषयमा मूल्य र कच्चा प्रदार्थको कारणले हामी निष्कर्षमा पुगेका छैन् ।हामीले भारत भ्रमणमा पनि चर्चा गरेका थियौ । भारत र नेपालको संयुक्त लगानीमा खोल्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भएको छ । यो छलफल मै छ । यसको निष्कर्ष आएको छैन् ।’

मन्त्री भुषालले उत्पादन भएको विउलगायत अन्य विषय किसानहरुको बीचमा पुर्याउने काममा कमि आएको उल्लेख गर्दै हामी जनप्रतिनिधिहरुको रुपमा किसानहरुको बीचमा आवश्यक स्रोत साधन पुर्याउन सक्नु पर्ने बताए ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १५:५२