१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

उच्च अदालतको आदेशसँगै बालेनले रोकेको हिसान शैक्षिक मेला भोलीदेखि सुरु हुने

७ असार, काठमाडौं । गत जेठ ३२ गत काठमाडौं महानगरपालिकाले बन्द गराएको हिसान शैक्षिक मेला भोलीदेखि नियमीत हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले बन्द गराएको उक्त शैक्षिक मेला नरोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि फेरि हुन लागेको हो ।

बिहिवार काठमाडौंमा हिसानले पत्रकार सम्मेलन गर्दै असार ८, ९ र १० गते तीन दिन काठमाडौंको भृकुटीमण्डपमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा उच्च शिक्षा तथा माध्यमकि विद्यालय संघ नेपाल हिसानका अध्यक्ष रमेश सिलवालले महानगरले आफुहरुलाई सहयोग नगरेको बताए ।

उनले भने, ‘महानरले काठमाडौंलाई शिक्षाको हब बनाउछु भन्ने तर शैक्षिक मेलालाई सफल बनाउन रोक्ने गरेका छन् । यस्तो काम गर्नुको आसय नै नकारात्मक छ । नेपाल बाट नेपालको आर्थिक मात्र हैन कला सांस्कृतिलाई अपमान गर्ने हक कसैलाई छैन् । ’

उच्च अदालत पाटनले बुधबार मेला नरोक्न अन्तरिम आदेश दिएको थियो । देश भित्रको क्षेत्रमा लगानी गर्न र सिप सिक्न आवश्यक भएको उनको भनाई छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार १४:४२