२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, नेतालाई तालिम दिने जिम्मेवारी

७ असार, काठमाडाैँ । बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन । बिहीबार काठमाडाैँ १६ को चमतीमा रहेको रास्वपा नयाँ कार्यालयमा भएको कार्यक्रममा शाह पार्टी प्रवेश गरेका हुन ।

शाहलाई तत्कालका लागि  नेता कार्यकर्तालाई तालिम दिने जिम्मेवारी भएको प्रशिक्षण विभागको जिम्मेवारी दिइएको छ । रास्वपाका सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाएर पार्टीमा स्वागत गरे ।

शाहले २०७९ मा भएको प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौँको होटल याक एण्ड यतिमा भएको एमालेको घोषणापत्र सार्वजनिक समारोहमा केपी ओलीसँग अन्तरवार्ता गरेका थिए । त्यसपछि धेरैले शाह एमालेतिरै लागेको अनुमान गरेका थिए । बिहीबार भने शाहले सदस्यता नै लिएर रास्वपा प्रवेश गरी काम थालेका छन ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ११:४२