१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भण्डारीले अाज सपथ लिँदै


३० फागुन, काठमाडौँ ।  दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीले अाज पद तथा गाेपनियताकाे सपथ लिँदै छिन ।  वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ मंगलबार राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । सपथको समय दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीश गोपाल पराजुलीले गराउनेछन । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार दिँसो निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने बदर भएको छ । निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७४, बुधबार ०८:०१