२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेविसंघलाई दोष लगाउने कुरा स्वीकार्य हुँदैनः सांसद केसी

६ असार, काठमाडौं । नेपालीकांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नेबिसंघलाई दोष लगाउने कुरा कुनै पनि हालतमा स्वीकार नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सांसद केसीले नेबिसंघ नेपालकै पहिलो आन्दोलनकारी भएकोले यस्तो संस्थालाई दोष लगाउने खालका कुरा आफुले स्वीकार नगर्ने बताए ।

उनले भने, नेपाल विद्यार्थी संघ नेपालको ईतिहासको सबै भन्दा पहिलो विद्यार्थीहरुको आन्दोलनकारी संस्थाहो । त्यो संस्थालाई नै दोष लगाउने खालका कुनै पनि कुरा म स्वीकार गर्न सक्दिन । अहिलेको शिक्षाको कुरा गर्दा मागीखाने शिक्षा हैन गरि खाने शिक्षातिर ध्यान दिनपर्छ ।

सांसद केसीले संसदमा सांसदहरुको संख्या बढी भएको भन्दै घटाउन मागगदै उनले भने, ‘हामीअहिले सांसदमा जुन अवस्थामा छौं । त्यो अवस्थामा यही संसदको सङख्या आवश्यक हो कि हैन ? संसदको संख्या घट्न पर्छ भन्ने संविधानमा हामीले गम्भीरतापुर्वक सोच्नुपर्छ । केन्द्रीय संसद र प्रदेश संसदलाई सङख्यात्मक दृष्टिकोणले पनि गम्भीरतापुर्वक सोच्न पर्ने आवश्यकता छ । ’

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १७:४३