१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रोजगारीको खोजिमा हुनुहुन्छ ? एनआइसी एशिया लघुवित्तले माग्यो कर्मचारी

६ असार, काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा १५५ जना कर्मचारी मागेको हो ।

कम्पनीले प्रशिक्षार्थी सहायकमा १०० जना , सहायक प्रबन्धक (विभागीय प्रमुख) मा ३ जना, सहाय प्रबन्धक (प्रदेश प्रमुख) मा ४ जना, बरिष्ठ अधिकृत/अधिकृत (उपप्रदेश प्रमुख) मा १० जना, बरिष्ठ अधिकृत/अधिकृत (अनुगमन अधिकृतमा ८ जना, सुपरभाइजर/बरिष्ठ सहायक/सहायक (शाखा प्रमुख) मा ३० जना कर्मचारी मागेको हो ।

सुपरभाइरज, वरिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र अधिकृत तथा सहायक प्रबन्धकको हकमा २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।  योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ११:५६