१० चैत्र २०८२, मंगलवार | Tue Mar 24 2026

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

६ असार, काठमाडाैं । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ। बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन्।

उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले र्‍याडिसन होटल काठमाण्डौमा खाना तथा पेयपदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (करबाहेक)मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने जनाइएको छ। नबिल बैंकले हाल देशका सातवटै प्रदेशमा रहेका २५५ शाखा कार्यालय र १८ विस्तारित शाखा कार्यालयमार्फत सेवा उपलब्ध गराउँदै आएको छ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार ११:३३