घोराही सिमेन्टकाे आईपीओमा फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक
६ असार, काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको छ । कम्पनीको आईपीओमा १० लाख कित्ताका दरले ४३ करोड ३५ लाख रुपैयाँबराबरको फर्जी आवेदन दिने १२ जनाको नाम सार्वजनिक भएको हो ।
बैंक खातामा रकम नभए पनि कम्पनीको आईपीओमा आवेदन दिनेमा भक्तपुरको अनन्तलिंगेश्वर–१ का प्रेमप्रसाद आचार्य, सोही वडाका उज्जवल आचार्य र भक्तपुरकै मध्यपुर ठिमी नगरपालिका–३ की श्रीजा पोखरेल रहेका छन् ।
यस्तै, सुनसरीको देवानगन्ज–१ का मिथिलेशकुमार मेहता, दोलखाको नाम्दु–३ का नवीन खत्री, ललितपुरको टिकाथली–५ का अनिल राना, पर्वतको कार्कीनेटा–३ की रञ्जना ढकाल पौडेल र काठमाडौंको मध्य बानेश्वरका सुमित्रा बम छन् ।
यस्तै, गोरखाको सिरानचोक–३ की सावित्रा पराजुली, रुपन्देहीको तिलोत्तमाकी लक्ष्मी घिमिरे, मोरङ कानेपोखरी–१ की मुना खत्री र चितवनको भण्डारा–१ का मनोज पाठक रहेका छन् । कम्पनीको आईपीओमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले सोमबार सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ ।
प्रकाशित मिति : 10:40









