२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

योग दिवसको अवसरमा भोलि एमाले अध्यक्ष ओलीले प्रवचन दिने

५ असार, काठमाडौँ । अन्तर्राराष्ट्रिय योग विवसको अवसरमा नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले प्रवचन दिने भएका छन । भोलि ओलीको प्रमुख आतिथ्यतामा पार्टी कार्यालयमै प्रवचन कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका छन । एमालेले भोलि १२ः१५ बजे पार्टी मुख्यालयको हलमा प्रवचन हुने जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार २१:५२