२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

जुवाको खालबाट पाँच लाख लुट्ने म्हेपीमा कार्यरत असई बिचित्र थापा मगर प्रहरी हिरासतमा

७ कात्तिक, काठमाडाैँ । जुवाको खालबाट रकम लुट्ने असई बिचित्र थापा मगर प्रहरी हिरासतमा पुगेका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार म्हेपीमा जुवाको खाल लुटेको आभियोगमा असई बिचित्र थापा मगरलाई हिरासतमा लिएर अनुसन्धान सुरू गरेको हो ।परिसरले असई थापालाई मंगलबार राती नियन्त्रणमा लिएर हिरासातमा राखी सोधपुछ गरिरहेको छ ।

परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामाका अनुसार अासइ बिचित्र थापा मगरले जुवा खाल लुटिएको पुष्टि हुने आधारहरु फेला परेकाेकाले हिरासतमा राखेर अनुसन्धान गरिरहेको जानकारी दिएका छन । लामाका अनुसार थापा मगरले भने हालसम्म आफू लुटमा संलग्न नरहेको दाबी गरेका छन । असई थापामगरले भने लुटेकै रकमबाट आफू मातहत रहेका एकजना सिपाहीलाई २५ हजार रूपैयाँ दिएको समेत पुष्टि भएको छ।

यसरी भएको थियो घटना 

सोमबार राती म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगरको टोलीले रेडन कलेज नजिकको एक घरमा जुवा चलिरहँदा छापा मारेको थियो। प्रहरी पोशाकमा रहेका थापा सादा पोशाकका चार युवाका साथ छापा मार्न पुगेका थिए । प्रहरी छापा मार्न त्यहाँ पुगेपछि जुवाडेहरूको भागाभाग भएको थियो । जुवाडेहरू भागेपछि असइ थापामागर भने खालमा रहेको रकम झोलामा हालेर  निस्किएका थिए। उनले त्यतीखेर १७ लाख पोको पारेका थिए । जुवा खेलाउने समूहले असर्इसँग दुई लाख रुपैयाँ लिएर १५ लाख रुपैयाँ फिर्ता दिन अनुरोध गरेको थियो। तर असई थापाले पाँच लाख रुपैयाँ राखेर १२ लाख रुपैयाँ मात्र फिर्ता दिएका थिए । त्यही पाँच लाखबाट उनले २५ हजार रूपैयाँ सहकर्मी सिपाहीलार्इ दिएका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार १३:५१