६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सभामुख देवराज घिमिरेद्वारा सांस्कृतिक संस्थानलाई नमूना प्रतिष्ठान बनाउन सुझाव

५ असार, काठमाडौं । अति व्यस्त कार्यक्रमबीच सांस्कृतिक संस्थानको बार्षिकोत्सवमा पुगेका सभामुख देवराज घिमिरेले संस्थानको उन्नति प्रगतिको कामना गरेका छन् ।

मंगलबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाँचघर) को ५१ औं वार्षिकत्सव कार्यक्रममा सहभागी भएका सभामुख घिमिरेले प्रतिष्ठानलाई नमूना प्रतिष्ठान बनाउनु पर्ने बताए ।

उनले भने ‘ बजेट निर्माणको सन्दर्भमा व्यस्त भएको समयमा पर्यो । यसलाई सार्न र रोक्न पनि नमिल्ने भयो । मलाई यो मौका दिनुभयो । यसमा योगदान पु¥याउने सबैलाई धन्यवाद दिन चाहन्छु । अब झन योगदानको साथ अगाडि बढ्नुहोस र यस प्रतिष्ठानलाई नमूना प्रतिष्ठानको रुपमा स्थापित गर्न सकोस् । ’

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १८:०४