२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

आइटी जस्तो अथाह सम्भावना भएको क्षेत्रमा सरकारले झारा टार्ने मात्र काम गर्योः सांसद वाग्ले

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्लेले नेपालले अब अथाह सम्भावना भएको क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमा मन्त्रालयगत विनियोजनमाथिको छलफलमा सांसद वाग्लेले आइटी जस्तो अथाह सम्भावना भएको क्षेत्रमा लगानी नै नभएको बताए । उनले आर्थिक क्षेत्रमा आइटीले सानोतिनो भूकम्प नै ल्याउन सक्ने हुँदा आइटीको अपार सम्भावनामा ध्यान पुर्याउनु पर्ने बताए ।

उनले भने ‘ अथाह सम्भावना छ निर्यातजन्य आइटी सेक्टरमा । तर यस क्षेत्रमा मात्र झारा टार्ने काम भएको छ , नेपालमा यस्को सम्भावना अथाह हुँदा हुँदै पनि सरकारले डिजिटलको मात्र कुरा गरेर यस्को जिम्मेवारी पूरा गर्ने गरेको छ । आइटी सेक्टरले नेपाललाई धेरै दिन सक्छ तर भेउ नै पाउन सकेका छैनौं ।’ सांसद वाग्लेले बजारलाई नियन्त्रणमा राख्नु पर्ने भन्दै छाडातन्त्रमा बजारलाई छाड्न नहुने बताए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १७:५२