२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

संघीय संसद भवन भित्रै भएको बेथितिले लज्जाबोध गरायोः सांसद ढकाल

५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उनले भ्रष्टाचार, वेथिति र विभेद खोज्न टाढा जान नपर्ने बताए । उनले संसद भवन नै भ्रष्टाचार र वेथितिको अखडा बनेको बताउँदै यही भित्र विभेदको अनुपन नमूना रहेको बताए ।

उनले भने ‘बेथितिका कुराहरु गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो विल्डिङ शहरी विकास मन्त्रालय अन्तर्गत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । शहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ । यही भित्र संसद सचिवालयका कर्मचारीहरुको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरुको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरुलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १३:४९