१ मंसिर २०८१, शनिबार | Sat Nov 16 2024

बैंकहरूले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव

७ कात्तिक, काठमाडाैँ । कर्जाको बढ्दो मागको तुलनामा बैंकहरूले पर्याप्त निक्षेप संकलन गर्न नसक्दा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । यसको प्रत्यक्ष असर बैंकको कर्जा, निक्षेप तथा पुँजी अनुपात (सीडीसी)मा दबाब देखिएको आजको कान्तिपुरले समाचार प्रकाशित गरेको छ ।

‘मंगलबारसम्म १० भन्दा बढी बैंकको सीडीसी अनुपात ८० प्रतिशतभन्दा बढी छ’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यद्यपि वाणिज्य बैंकहरूको औसत सीडीसी निर्देशित सीमाभित्रै छ।’ असोजको अन्तिम साता दसैंबीचमा पनि निक्षेप र रेमिट्यान्स आप्रवाह बढेकाले अबका केही दिन तरलता सहज हुने ती अधिकारीले बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार ०८:०८