१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

एक लघुवित्तको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईंकाे आयो त ?

५ असार, काठमाडाैं ।  उपकार लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९का लागि वितरण गरेको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिदिएको हो।

फागुन १८ गते सम्पन्न चौथो वार्षिक साधारणसभा बाट पारित भएकाे ६१.७५ प्रतिशत बोनस सेयर असार ३ गते नेप्सेमा सूचीकरण भई  सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १०:३९