२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

भर्ने हाेइन त ? सर्वसाधारणले ५० हजार कित्तासम्म आवेदन दिन पाउने आईपीओ बिक्री खुला

५ असार, काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ५ गते मंगलबारदेखि सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख ९२ हजार ५०० कित्ता निष्कासन गरिसकेको छ । अब कम्पनीले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता छुट्याइएको छ । बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि छिटाेमा असार ८ गतेसम्म र ढिलाेमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत सेयर खरिद आवेदन दिन सकिनेछ।

प्रकाशित मिति : 09:44