२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

युवाको हातमा बन्दुक थमाएपछि पासपोर्ट थमाउनु बाध्यात्मक कदम थियोः महामन्त्री शर्मा

४ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवाहरुको हातमा बन्दुक थमाए पछि पासपोर्ट थमाउनु आफुहरुको बाध्यताको कदम भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले युवाहरुले खाडी देशहरुमा पसिना बगाएको देख्दा कुनै पनि दल र राष्ट्र मुस्कुराउनु नसक्ने बताए । युवाहरुमा हातमा बन्दुक थमाएपछि पासपोर्ट थमाउनु आफुहरुको बाध्यताको कदम भएको उनको भनाइ थियो ।

उनले भने, युवा उमेरका पसिना खाडीँ देशमा बगाउदैँ गर्दा कुनै पनि दलले, कुनै पनि राष्ट्रले मुस्ुकुराउन सक्दैन । युवाको हातमा बन्दुक थमाएपछि हामीले पासर्पोट थमायौं त्यो हाम्रो बाध्यताको कदम थियो । कांग्रेसको नीति अधिवेशन पनि बन्छ । नीति अधिवेशनको ढोका खुल्ला राखिराखेर नेपाली कांगे्रस पार्टीले त्यसलाई ग्रहण गर्ने छ ।

महामन्त्री शर्माले नेपाल सतिले सरापेको देश नभइ गौतम बुद्धको आशीवार्द प्राप्त गरेको देश हो भन्ने खालको मनोविज्ञान कांग्रेसले स्थापित गर्न नसकेको बताए । उनले भने, हामीले काम गर्ने समय प्रशस्त पायौं तर हामीसंग व्यवस्थित सपना भएन । हामीले काम नगरेको हैन तर व्यवस्थित सपना भित्र राखेर त्यसलाई प्रयोग गर्न सकेनौं । यो देशमा केही भएको छ ।

धेरै कुराहरु गर्न बाकीँ नै छ । यो देश बन्छ । यो देश बनाउन सकिन्छ । यो देश सतिले सरापेको देश हैन । भगवान गौतम बुद्धको आर्शीवाद प्राप्त भएको देश हो भन्ने खालको मनोविज्ञान हामी नेपाली कांग्रेसले स्थापित गर्न सकेनौं । ’ महामन्त्री शर्माले सम्पूर्ण रुपमा श्रमिक आन्दोलनले उठाएका कुरालाई बोल्न, बोक्नलाई पार्टीको केन्द«मा होस्, नीति अधिवेशनमा होस्, संसदमा हो या सरकारमा होस् जहाँ पनि आफुहरु तयार रहेको बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १९:४६