१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आमरण अनशनमा बसेका उपप्राध्यापक चलाउने भन्छन्ः एक्लो व्यक्तिसँग राज्य लड्यो

४ असार, काठमाडौँ । त्रिभूवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने आमरण अनशनमा बसेका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि आफूमाथि कुटपिट गर्नेहरुविरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधस्वरूप आमरण अनशनमा बसेका हुन् ।

उनले संचारकर्मीहरुसँग कुरा गर्दै शक्तिको आडमा आफ्नो पेशी हुनु अगाडि सरकारले मुद्धा फिर्ता लिएको आरोप लगाए । न्यायका ढोकाहरु सबै सरकारले बन्द गरेको भन्दै अदालतमा बिचाराधीन मुद्दा शक्तिको आडमा यसरी फिर्ता लिने भए अदालत किन चाहियो ? भनेर प्रश्न गरे ?
उनले भने,‘ तीन वर्षसम्म धैर्य गरे ।

अदालतलाई पर्खे र हेरे । तर न्याय मिल्नु त कता ता अन्याय थप्यो भोलि अन्तीम सुनुवाई थियो जे गथ्र्यो अदालतले गथ्र्यो तर त्यसमा शक्तिको आडमा मेरो पेसी हुनु अगाडि मुद्धा फिर्ता लिने आँट गर्यो सरकारले । म कहिँको भईन न्यायको ढोका बन्द भयो ।

जहाँ हुन्छ त्यहाँ बस्छु भनेर सोच्दै जादा आफ्नै विश्वविधालयमा बस्दा ठीक हुन्छ भनेर यहाँ बस्ने निर्णय गरे । मेरो न्यायका ढोकाहरु सबै सरकारले बन्द गर्र्यो अदालतमा बिचाराधीन मुद्दा शक्तिको आडमा यसरी फिर्ता लिने भए अदालत किन चाहियो ?’

उनले आफु एक्लो व्यक्तिसँग राज्य लड्न आएको कारण अनशनको बाटो रोज्नु परेको गुनासो गरे । उनले भने,‘एउटा व्यक्तिसँग राज्य लड्न आयो त्यसैले मसँग केहि अरु विकल्प थिएन र यो अनशनको बाटो राजे यसमा मलाई साथ दिनु होला सहयोग गर्नुहोला ।’ उनी आजै जिल्ला अदालत काठमाडौबाट पक्राउ भई रिहा भए भएका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १९:४१