२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

मोर्चा गठन गरेर आफुहरु अग्रगमनको पक्षमा उभिएको माधव नेपालको दावी

४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुहरु मोर्चा गठन गरेर अग्रगमनको पक्षमा उभिएको स्पष्ट पारेका छन् ।

सोमबार काठमाडौंमा समाजवादी मोर्चा गठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चामा सबै कमरेडहरुलाई स्वागत गर्न आफुहरु तयार रहेको बताए ।

उनले भने ‘ पहिलो पटक मोर्चा बनेको छैन याद रहोस । हाम्रो साथ सधैँ अग्रगमनको पक्षमा उभिएका छौं । हामी एक ठाउमा उभिएका छौं । यसमा विप्लव मात्र हैन अरु कमरेडहरु पनि छुट्नु भएको छ भने आउनुस स्वागत छ हातेमाले गरौं । ’ मोर्चा बनाउने आफुहरुको प्रयास पुरानै भएको उल्लेख गर्दै अध्यक्ष नेपालले शब्द शब्दमा र वाक्य वाक्यमा बहस गरेर मोर्चा तयार गरिएको बताए ।

उनले भने ‘ लाल सलामबाट आत्तिनु पर्ने कुनै आवश्यकता छनै । उप्रेन्द्रमा पनि त्यो भावना विस्तारै जाग्नेछ । लामो समयदेखि यो मोर्चा बनाउने सोचेका थियौं । निर्वाचनको कारणले गर्दा र पछि अनेक घटना क्रमले ढिलो भयो । यस सन्दर्भमा हामीले कुरा गर्न पायौं । मलाई लाग्छ मई दिवसले काम गर्यो । विप्लवले आयोजना गरेको कार्यक्रमले म पनि प्रभावित भएको थिए, कुनै पनि काम गर्न सजिलो हुने रैनछ ।

यसो हेर्दा लाग्छ सजिले नेताहरु बसेका छन् । सजिलै गरि सहमति गरेका होलान । त्यस्तो होईन पापड बेल्नु पर्दो रहेछ । शब्द शब्दमा बाक्य बाक्यमा छलफल गरेका छौं । ’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १९:२९