२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नेपाली कांग्रेसले सिंगो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक छः गगन थापा

४ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसले सिङ्गो पार्टी सञ्चालन गर्ने तरिका नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमवार ट्रेड युनियन कांग्रेसको ७ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले पहिला कांग्रेसले आफुलाई बदलेर मात्र मात्र देश बदल्न सक्ने टिप्पणी गरे ।

उनले भने,‘ नेपाली कांग्रेसले सिङ्गोपार्टी सञ्चालन गर्ने तरिकालाई बदल्न जरुरी छ । कांग्रेसले आफुलाई बद्लेन भने देश बदल्न सम्भव नहुने भएको छ । देश बदलिन्छ तर त्यो भन्दा अगाडि नेपाली कांग्रसले आफुलाई बदल्नुपर्छ, बदलिएको कांग्रसले मात्र देश बदल्न सक्छ ।’ उनले अहिले कांग्रेस जसरी चलिरहेको छ त्यहि ठीक छ भनेर बस्ने हो भने दुर्घट्नामा जाने उनको भनाइ थियो ।

उनले भने,‘कांग्रेस अहिले जसरी चलिरहेको जे भएको छ ठीक भईरहेको छ भन्ने सोचेउ भने हामी दुर्घट्नामा जान्छौं । यो भन्दा भिन्न तरिकाले चल्न जरुरी छ ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १९:२३