१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

समता घरेलु लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

४ असार, काठमाडाैं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गरेकाे छ । कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी सेयरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

कम्पनीले ३ लाख ३२ हजार ८५६ कित्ता बराबरको एफपीओ निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु लघुवित्तको काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १७:१४